Information is intelligence
HomeNewsराष्ट्रपति कार्यालयको ट्वीटर अकाउण्ट बन्द

राष्ट्रपति कार्यालयको ट्वीटर अकाउण्ट बन्द

- Advertisement -spot_img

काठमाडौं । राष्ट्रपति कार्यालयको ट्वीटर अकाउन्ट बन्द भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार सचिवालयले प्रयोग गरिरहेको भेरिफाइड ट्वीटर अकाउन्ट बुधबारदेखि ब्लक भएको हो ।

राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टिकाप्रसाद ढकालले प्राविधिक समस्या देखिएकाले शितल निवासको नाममा रहेको ट्वीटर अकाउन्ट बन्द गर्नुपरेको भन्दै ट्वीट गरेका छन् । ‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं,’ उनले ट्वीटमा भनेका छन्, ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।’

पहिला राष्ट्रपतीको ट्विटर् अकाउन्ट यो लिन्कमा  https://twitter.com/shitalniwas प्राप्त हुने गर्दथ्यो भने अहिले अकाउन्टको अस्तित्व न रहेको जानकारी ट्विटरले देखाउने गर्दछ ।

टिकाप्रसाद ढकालको ट्वीट

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु