Information is intelligence
HomeNewsरवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

- Advertisement -spot_img

काठमाडौं | चर्चित संचारकर्मी रवि लामिछानेलाई  कोरोना भाइरस संक्रमित भएका छन् । उनले सामाजिक संजालमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् । उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् ।

लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा आफू र निकिता दुवैलाई कोरोना पोजेटिभ देखिएको कोरोना संक्रमण देखिएको सामाजिक संजालमार्फत विहीबार बिहान जानकारी दिएका छन् ।

‘हामी दुवैको स्वास्थ्य सामान्य छ,’ उनले भनेका छन्, ‘केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्दछ ।’ घरमा आफ्नो दम्पत्ति मात्र रहेकोले धेरै समस्या नरहेको उनले बताएका छन् । उनको आग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन र तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ विल्कुल लापरबाही नगरौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु