Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड विजयी

च्याम्पियन्स लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड विजयी

- Advertisement -spot_img

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएका खेलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्। बार्साले युभेन्टसलाई र म्यानुले रासेन्बालस्पोर्टस लेइपजिङलाई हराएका हुन्।

बार्साले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको छ। दोस्रोपटक कोरोनाभाइरस जाँचको रिपोर्ट पोजिटिभ आएपछि युभेन्टसबाट क्रिस्टियानो रोनाल्डोले खेल्न नपाउँदा त्यसको फाइदा बार्साले उठाएको छ।

युभेन्टसको घरेलु मैदानमा बार्सिलोनाका लागि डेम्बेलेले १४औँ मिनेटमा नै गोलको खाता खोलेका थिए। लियोनल मेस्सीले ९०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। युभेन्टसका डिफेन्डर मेरिज डेमिरल ८५औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका थिए।

अर्को खेलमा म्यानुले जर्मन क्लब आरबी लेइपजिङलाई ५-० गोलले पराजित गरेको छ। म्यानुका लागि माकर्स राशफोर्डले ह्याट्रिक गरेका छन्। घरेलु मैदानमा एक गोल मात्र गरेको म्यानुले दोस्रो हाफमा चार गोल गरेको थियो। राशफोर्डले तीनै गोल दोस्रो हाफमा गरेका हुन्।

अर्को खेलमा बोरुसीया डर्टमुन्डले जेनित सेन्ट पिटर्सबर्गलाई २-० गोलले पराजित गरेको छ। क्लब ब्रुग र लाजियो तथा फेरेन्काभारोस र डाइनामो किभले भने बराबरी खेलेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु