Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा चेल्सी र सेभियाको पहिलो जित

च्याम्पियन्स लिगमा चेल्सी र सेभियाको पहिलो जित

- Advertisement -spot_img

च्याम्पियन्स लिग अन्तर्गगत बुधबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ।

क्रस्नोदरको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिविरुद्ध ४–० गोलको सहज जित निकालेको हो।

जितका लागि चेल्सीका हुड्सन ओडोइ, टिमो वेर्नर, हाकिम जियाच र क्रिस्टियन पुलिसिकले समान १–१ गोल गरे।

ओडोइले खेलको ३७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमै अग्रता दिलाएका थिए। एक गोलको अग्रतामा पहिलो हाफ सकिए पनि दोस्रो हाफमा चेल्सीले तीन गोल थप्यो। ७६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै वेर्नरले अग्रतालाई दोब्बर बनाए। जियाच र पुलिसिकले क्रमसः ७९ औं र ९० औं मिनेटमा गोल गरे।

सिजनको पहिलो खेल बराबरीमा चित्त बुझाएको चेल्सीले गएराति सम्पन्न खेलमा जित निकाल्दै ४ अंक बनाएको छ। चेल्सी  समूह ई को शीर्षस्थानमा छ। पराजित क्र्रस्नोदर तेस्रो स्थानमा छ।

बुधबार राति नै सम्पन्न सोही समूहको अर्को खेलमा सेभियाले रेन्निसविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ।लुक डि जोङको निर्णयक गोलमा घरेलु मैदानमा जित निकालेको हो।जितसहित सेभिया समूहको दोस्रो स्थानमा छ। सेभियाको  खातामा ४ अंक छ भने पराजित रेन्निस १ अंकका साथ पुछारमा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु