Information is intelligence
HomeSportsआईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोर ५ विकेटले पराजित

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोर ५ विकेटले पराजित

- Advertisement -spot_img

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।

आबुधाबीमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ ।

आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ । बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु