Information is intelligence
HomeSportsइस्तानबुल बासाकेशिरको पोस्टमा पीएसजीको दुई गोल, नेयमार घाइते

इस्तानबुल बासाकेशिरको पोस्टमा पीएसजीको दुई गोल, नेयमार घाइते

- Advertisement -spot_img

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बासाकेशिरलाई हराएको छ ।

बुधबार राति भएको समूह ‘एच’ को खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो ।

पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे ।

खेलको ६४औं मिनेटमा पहिलो गोल गरेका उनले ७९औं मिनेटमा दोस्रो गोल गरेका थिए । केनको दुवै गोलका लागि केलियन एम्बाप्पेले पास मिलाएका थिए ।

खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरीएका थिए । जितसँगै पीएसजीले समूहमा तीन अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु