Information is intelligence
HomeInternationalट्रम्पको चुनावी र्‍यालीबाट कोराना फैलने पक्का छ : डा. फाउची

ट्रम्पको चुनावी र्‍यालीबाट कोराना फैलने पक्का छ : डा. फाउची

- Advertisement -spot_img

अमेरिकामा कोरोना महामारीको रोकथाम हेर्ने वरिष्ठ स्वास्थ्य अधिकारी डा. एन्थनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारप्रति आलोचना व्यक्त गरेका छन् । उनले  एक अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना फैलनसक्ने पक्का रहेको भन्दै आलोचना गरेका हुन् ।

डा. फाउचीले र्‍यालीमा बिना मास्क सहभागी हुनु त्यसमा पनि सामाजिक दूरी कायम नहुनुले कोरोना संक्रमणको जोखिम झन् बढेर गएको बताएका छन् । उनले ह्‍वाइट हाउसमा भएको एक सभापछि ट्रम्प प्रशासनका अधिकांश कर्मचारीहरुमा कोरोना पोजेटिभ भएको उदाहरणसमेत प्रस्तुत गरेका छन् ।

डा. फाउचीले कोरोनाबाट जोगिन पूरै देशभर लकडाउन गर्दा उपयुक्त हुने भएकाले यसमाथि ध्यान जानुपर्ने बताएका छन् ।  उनले लकडाउनबाट आर्थिक रुपमा क्षति पुगे पनि अस्ट्रेलियाको उदाहरण दिँदै मेलबर्नमा लगाइएको लकडाउनबाट कोरोना संक्रमण दर निकै घटेको बताए ।

यद्यपि मेलबर्न कोरोना महामारीबाट नराम्रोसँग प्रभावित भएको थियो । त्यसबाबजुद त्यहाँ त्यतिबेलासम्म लकडाउन जारी रह्‍यो जबसम्म त्यहाँ कोरोना संक्रमणक पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

बीबीसी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु