Information is intelligence
HomeCulture & Religionशुक्रबार प्रदेश २ मा सार्वजनिक विदा

शुक्रबार प्रदेश २ मा सार्वजनिक विदा

- Advertisement -spot_img

‘मोहम्मद डे’को अवसरमा प्रदेश २ मा भोली शुक्रबार सार्वजनिक विदा हुने भएको छ ।

इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मजन्यती अर्थात ‘मोहम्मद डे’ को अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

प्रदेश २ का आन्तरिम मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति निकालि मोहम्मद डे को अवसरमा शुक्रबार सार्वजनिक विदा दिने जनाएको छ ।

ईस्लाम धर्मको अन्तिम पैगम्बरको रुपमा हजरत मोहम्मदको जन्म इस्लामिक तिथि अनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक सउदीको मक्कामा भएको थियो ।

सोही दिनकै स्मरणमा मुस्लिम समुदायले उक्त दिन उत्सवको रुपमा बनाउदै आएका छन् ।

मोहम्मद डे मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा ब्रत बस्ने गर्छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु