Information is intelligence
HomeSportsराष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

- Advertisement -spot_img

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार (आज) बाट बङ्गलादेशसँगका दुई मैत्रीपूर्ण खेलका लागि तयारी स्वरुप राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण थाल्ने भएको छ । प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन मैत्रीपूर्ण खेलका लागि उपलब्ध नहुने भएपछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । कालिन हाल स्विडेनमानै छन् ।

किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ । प्रशिक्षणमा यसअघि नै विश्वकप तथा एसियाकप छनोटको बन्द प्रशिक्षण परेका खेलाडीलाई समावेश गराइनेछ ।

बालगोपालले यसअघि पनि नेपाली पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सम्हाली सकेका छन् । उनकै प्रशिक्षणमा गत वर्ष स्वदेशमै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष टिमले स्वर्ण तथा सन् २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि हात पारेको थियो ।

नोभेम्बर १३ र १७ मा तय भएको खेलका लागि नेपाली टोली नोभेम्बर ५ मा बङ्गलादेश प्रस्थान गर्नेछ । दुवै खेल ढाकास्थित बंगबन्धु राष्ट्रिय फुटबल मैदानमा हुनेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु