Information is intelligence
HomeScience & Technologyअमेरिकी नाकाबन्दिले सामसुङलाई फाइदा

अमेरिकी नाकाबन्दिले सामसुङलाई फाइदा

- Advertisement -spot_img

एजेन्सी | विगत तीन महिना भित्र स्यामसुंग इलेक्ट्रोनिक्स कम्पनीले ५९ अर्व अमेरिकी डलर वरावरको आर्थिक कारोवार गर्न सफल भएको छ । स्मार्ट फोन बिक्रिमा भएको ५० प्रतिशत वृद्धि र माइक्रोचिप्सको उच्चतम व्यापारको अर्थात ८२ प्रतिशतले भएको व्यापार वृद्धिको कारण सो आर्थिक उपलब्धि भएको कम्पनीले जनाएको छ ।

कोरियाली विशाल प्राविधिक कम्पनी स्यामसुंगले तीन महिनाको अवधि भित्र मात्र ८ अर्व ३० करोड डलर नाफा गरेको दावी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ४९ प्रतिशतले बढि हो । अमेरिकाले स्यासुंगको प्रतिस्पर्धि चिनिया हुवेइ मोवाइल कम्पनी माथि नाकावन्दि लगाएकाले स्यामसुंगको मोवाइल र माइक्रोचिप्सको व्यापारले फ्डको मारेको बताइएको छ ।

स्यामसुंगको बढ्दो व्यापारको कारण हुवेइको विश्व बजारमा सेयर पनि निश्चित रुपमा प्रभावित भएको छ । अमेरिकाको संभावित नाकावन्दि अघि नै हुवेइले ठूलो परिमाणमा चिप्सको भण्डारण गरेको थियो ।

गत अगष्टमा अमेरिकी विदेश विभागले हुवेइलाई चिप्स बेच्ने अन्य कुनै पनि विदेशी कम्पनी माथि पनि प्रतिवन्ध लगाइने जनाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु