Information is intelligence
HomePoliticsबाबुरामको चिन्ता : ‘नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि...

बाबुरामको चिन्ता : ‘नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि !’

- Advertisement -spot_img

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार ट्वीटरमार्फत  भट्टराईले अमेरिकी विदेशमन्त्री माइक पोम्पीओको भारत भ्रमणमा आए पनि नेपाल नआएको भन्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले भारतीय र‘अ प्रमुखको नेपाल भ्रमणलाई लिएर विवाद सिर्जना भइरहेका बेला शक्तिशाली राष्ट्रका नेताहरु नेपाल नआएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले नेपालको आँगनजत्रो माल्दिम्भस र रुआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर नेपालमा खोई ? भन्ने प्रश्नसमेत तेर्साएका छन् । उनले त्यतिमात्रै भनेका छैनन-“तपाईको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नुहोस भन्ने पनि टिप्पणी गरेका छन् ।”

‘अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्व/क्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु’, उनले भनेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु