Information is intelligence
HomeNews२४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिए, उपत्यकामा १६१५

२४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिए, उपत्यकामा १६१५

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ९७६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु