Information is intelligence
HomeSportsराष्ट्रिय टिमका चार खेलाडीलाई कोरोना संक्रमण

राष्ट्रिय टिमका चार खेलाडीलाई कोरोना संक्रमण

- Advertisement -spot_img

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको एन्फाले जनाएको छ ।

कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए ।

नेपालले बंगलादेशसँग कात्तिक र मंसिरमा गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु