Information is intelligence
HomeNewsन्यूनतम तापक्रम घटेसँगै आज बिहानको तापक्रम यो वर्षकै कम

न्यूनतम तापक्रम घटेसँगै आज बिहानको तापक्रम यो वर्षकै कम

- Advertisement -spot_img

काठमाण्डाै – देशभर न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ ।

काठमाण्डौको आज बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो र अस्ति काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घटेर बिहान बेलुकी चिसो बढे पनि दिउँसो भने गर्मी नै छ ।

अधिकतम तापक्रम घट्दै गएपछि मात्रै दिउँसो पनि चिसो हुने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । आज पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने उहाँले जानकारी दिनुभयो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु