Information is intelligence
HomeSportsचेन्नईको कोलकातामाथी जित

चेन्नईको कोलकातामाथी जित

- Advertisement -spot_img

चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रविन्द्र जडेजा ३१ रनमा अविजित रहदा साम करण १३ रनमा अविजित रहे । अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जितका हुन् ।

अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १० रन आवश्यक थियो । बलिङमा थिए कमलेश नगरकोटी ।

पहिलो बलमा करणले रन जोड्न सकेनन् । तर, करणले दोस्रो बलमा २ र तेस्रो बलमा १ रन जोडे । चौंथो बलमा जडेजाले रन जोड्न सकेनन् । तर, जडेजाले पाँचौ र छैटौं बलमा छक्का प्रहार गर्दै चेन्नईलाई अन्तिम बलमा जित दिलाए ।यस्तै अम्बाती रायडुले ३८ रन जोड्दा सेन वाट्सनले १४ रन बनाए ।

कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

यस्तै शुबमन गिलले २६ रन जोड्दा दिनेश कार्तिकले अविजित २१ रन बनाए ।

कप्तान इयान मोर्गनले १५ रन जोड्दा रिन्कु सिंहले ११ र सुनिल नारिनले ७ रन जोडे ।

चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट लिए । मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाको नाममा १/१ विकेट रह्यो ।

जितसँगै चेन्नईले कोलकातासँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले चेन्नईलाई १० रनले हराएको थियो ।

जितसँगै चेन्नईले १३ खेलमा १० अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।

कोलकाताले १३ खेलमा १२ अंक जोडेको छ । कोलकाता पाँचौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु