Information is intelligence
HomeEntertainment & Artsविवाद भएपछि अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’को नाम फेरिएर राखियो लक्ष्मी

विवाद भएपछि अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’को नाम फेरिएर राखियो लक्ष्मी

- Advertisement -spot_img

मुम्बइ। अक्षय कुमारको फिल्म लक्ष्मी बमको नामको विषयमा चलिरहेको विवादका बीच फिल्म निर्माण टिमले फिल्मको नाम फेरेको छ । अब यो फिल्मको नाम ‘लक्ष्मी’ राखिएको छ । यो फिल्म अर्को महिना ओटीटीमा रिलिज हुँदैछ । यो फिल्म विगत केही समयदेखि विवादमा छ । पहिले यो फिल्मलाई यसको नामका कारण ट्रोल गरिएको थियो । फिल्मको ट्रेलर रिलिज भएपछि यो फिल्ममाथि लभ जिहादलाई बढावा दिएको आरोप लाग्यो ।

फिल्म निर्माण टिमलाई श्रीराजपुत करणी सेनाले एक कानुनी नोटिस पनि पठाएको थियो । नोटिसमा फिल्मको नाम बदल्न माग गरिएको थियो । कानुनी नोटिसमा माता लक्ष्मीको नाम बमसँग जोडेर लक्ष्मीको अपमान गरिएको दावी गरिएको थियो । यो फिल्म २०११ मा आएको तमिल फिल्म कंचनाको रिमेक हो । फिल्मको नामको विषयमा निर्देशक राघव लरेन्सले भने ‘तमिल फिल्मको नाम फिल्मको मुख्य पात्र कंचनाको नामबाट राखिएको थियो । कंचनाको अर्थ सुन हुन्छ जसको माता लक्ष्मीसँग सीधा सम्बन्ध हुन्छ ।’ एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु