Information is intelligence
HomeEconomyनागरिक लगानी कोष : ५०,००० कित्ता सेयर लिलामी आवेदन दिने आज अन्तिम...

नागरिक लगानी कोष : ५०,००० कित्ता सेयर लिलामी आवेदन दिने आज अन्तिम दिन

- Advertisement -spot_img

काठमाडौं | नागरिक लगानी कोषको सेयरमा लिलामी आवेदन दिने आज शुक्रबार (कात्तिक १४ गते) अन्तिम दिन हो ।

असोज ३० गतेबाट प्रिमियर इन्सुरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १९ सय ७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

आज कार्यालय समयभित्र बोलपत्र पेश गर्न सकिनेछ ।

यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट नक्साल  काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।

स्रोत

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु