Information is intelligence
HomeSportsकिङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

- Advertisement -spot_img

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थानले आबुधाबीमा खेल्नेछ । पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाब सातौं जितको खोजीमा हुनेछ । पन्जाब १२ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ ।

केएल राहुलको कप्तानी मैदान उत्रने पन्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । पछिल्लो खेलमा पन्जाबले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यस्तै पन्जाब राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यस अघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो । स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थानलाई भने पन्जाबविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

प्ले अफको गणितीय सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन । १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ । यस सिजनको आईपीएलमा साविक विजेता मुम्बई प्ले अफ पुगिसकेको छ । यस्तै साविक उपविजेता चेन्नई सुपर किङ्स भने प्ले अफ होडबाट बाहिरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु