Information is intelligence
HomePoliticsनेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो : कमल थापा

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो : कमल थापा

- Advertisement -spot_img

पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । उनले देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बन्न समेत आग्रह गरेका छन् ।

छिमेकी दुई शक्ति राष्ट्र चीन र भारतसँगको सम्बन्धमा रणनीतिक सन्तुलन कायम गर्नुपर्ने उनको जोड छ र समदूरी र असंलग्नता कायम गर्नु नै नेपालको अस्तित्वको आधार भएको बताए।

भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भएपछि राप्रपा अध्यक्ष थापाको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु