Information is intelligence
HomeInternationalभारतको नक्शा गलत देखाएको कारण ट्विटरले लिखित स्पष्टिकरण दिनुपर्ने

भारतको नक्शा गलत देखाएको कारण ट्विटरले लिखित स्पष्टिकरण दिनुपर्ने

- Advertisement -spot_img

नयाँ दिल्लीमा डेटा संरक्षण सम्बन्धी संयुक्त संसदिय समितिमा ट्विटरका प्रतिनिधि हाजिर भएका थिए। उक्त संयुक्त संसदिय समितिले भारतको नक्शा सम्बन्धी डेटा (डिजिटल जानकारी) गलत तरिकाले देखाएकोमा लिखित जवाफको माग गरेको छ। ट्विटरले लद्दाखको जियो ट्यागिङ्गमा चिन पट्टी देखाएको कारण यो स्पस्टीकरण मागिएको हो।

समितिले यो कानुनी रूपमा अपराधिक कार्य रहेको उल्लेख गरेको छ। भारतको सम्प्रभुता र अखण्डताको खुला उल्लङ्घन भएको र यस किसिमको अपराधको लागि ७ वर्ष सम्मको सजायको प्रावधान रहेको समितिले स्पस्ट पारेको छ।

ट्विटरले अब यस सम्बन्धमा आफ्नो तर्फबाट स्पस्टीकरण दिनुपर्नेछ। समितिका अनुसार ट्विटरले भारतको भुभाग चिनमा देखिनुको कारणका बारेमा स्पस्टपार्नुपर्नेछ।

समितिमा ट्विटरको प्रतिनिधिका रूपमा सगुप्ता कमरान, पल्लवी वालिया, मनविंदर बाली र आयुषी कपूर पेश भएका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु