Information is intelligence
HomeNewsउदयपुरको ताप्लीमा तीन हजार गाँजाको बोट नष्ट

उदयपुरको ताप्लीमा तीन हजार गाँजाको बोट नष्ट

- Advertisement -spot_img

उदयपुरको ताप्ली गाउँपालिका ४ लखनडाँडामा स्थानीयले ६ रोपनी जग्गामा लगाएको अवैध गाँजा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोलीले ताप्ली ४ लखनडाँडास्थित ६ रोपनी जग्गाको तीन हजार गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।

उदयपुरको उत्तर पश्चिम क्षेत्रको अवैध गाँज खेती प्रहरीले बर्सेनी नष्ट गर्दै आएको छ । सो क्षेत्रका विभिन्न स्थानमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान संचालन गरेसंगै अभियान निरन्तर संचालन भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु