Information is intelligence
HomeEconomyएनसीसी बैंकको लिलामी शेयरको बोलपत्र आइतबार खोलिने

एनसीसी बैंकको लिलामी शेयरको बोलपत्र आइतबार खोलिने

- Advertisement -spot_img

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लिमिटेड (एनसीसी) को  संस्थापक समूहकाे शेयरमा परेका बाेलपत्रहरू कात्तिक १६ गते, आइतबार खाेलिने भएकाे छ ।

बैंकले नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे बैंककाे ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा आश्विन २ गते, शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म बिक्री गरेकाे थियो ।

उक्त शेयरमा परेका बोलपत्रहरु कात्तिक १६ गते उपत्यका बाहिरबाट आवेदन दिनेको बिहान ११.३० बजेदेखि र उपत्यकाबाट आवेदन दिनेको बोलपत्र दिउँसो १२ बजेदेखि बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा खाेलिनेछ ।

बोलपत्रहरु सिमित व्यक्तिकाे माझमा फेसबुक लाइभ मार्फत बोलपत्र खोलिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु