Information is intelligence
HomeScience & Technologyअन्तरिक्ष दौडमा नेपाल: स्पेसपोर्ट अमेरिका कपमा छानियो SEDS-नेपाल

अन्तरिक्ष दौडमा नेपाल: स्पेसपोर्ट अमेरिका कपमा छानियो SEDS-नेपाल

- Advertisement -spot_img

विश्वका विभिन्न राष्ट्रहरु अन्तरिक्ष यात्रा, यस सम्बन्धी अनेक किसिमका आविस्कार र अनुसन्धानमा सरिक भैरहँदा नेपालको सम्बन्धमा भने यो एक हतोत्साहित बनाउने प्रसङ्ग बन्न जान्छ। अन्तरिक्ष दौडमा आफ्नो स्याटलाइट त्यो पनि अन्य राष्ट्रको सहयोगमा पठाउनु नै नेपालको पछिल्लो ठूलो पाइला मान्नुपर्ने अवस्थामा हामी कती पछाडी छौं भन्ने आभास त अवस्य गराउँछ, साथ साथै यो क्षेत्रमा इच्छा र भविष्य समर्पण गर्न तयार वर्गलाई टाढैबाट भगाईदिन्छ।

यस्तै परिवेशबीच पनि नेपाललाई नै पोर्ट बनाएर आविस्कारहरु प्रक्षेपण गरिरहेका केही व्यक्तिहरु अझै छन् जस्ले अब नयाँ पुस्ताका लागि नेपालमै उपयुक्त पर्यावरणको निर्माण गर्न लागि परेकाछन्।एस. ई. डि. एस्. नेपाल (SEDS Nepal) एक यस्तै युवाहरुको समुह हो, जस्ले “उदेश्य के लिनु, उडी छुनु चन्द्र एक” लाई आफ्नो सार मानेका छन् र नेपाललाई अन्तरिक्षमा पुर्‍याउने अठोट बोकेका छन्।

स्टुडेन्ट्स फर दि एक्स्प्लोरेसन एण्ड डेभलपमेन्ट अफ स्पेस (SEDS) अर्थात विद्यार्थीहरुको अन्तरिक्ष सम्बन्धी अध्ययन र विकास गर्ने संस्था, विद्यार्थीद्वारा संचालन भैरहेको विश्वको सबैभन्दा ठुलो अन्तरिक्ष संस्था हो। नेपाली विद्यार्थीद्वारा संचालन भईरहेको SEDS  nepal  यसैको नेपाली शाखा हो।

नेपालका विद्यार्थीहरुमा अन्तरिक्ष विज्ञान सम्बन्धी ज्ञान, सिप र अवसर निरन्तर प्रदान गर्दै आइरहेको SEDS-नेपाल सन २०२१ मा न्यू मेक्सिकोमा हुन गैरहेको स्पेसपोर्ट अमेरिका कपमा छनोट भएको हो ।

“यस्तो किसिमको प्रतियोगितामा सहभागीता नेपालको ईतिहासमा नै पहिलो पटक रहेको SEDS-नेपालका उपाध्यक्ष मोहन तामाङले दरबार टाईम्सलाई बताए।

२०२१ स्पेसपोर्ट अमेरिका कपमा सहभागी हुने राष्ट्रहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु