Information is intelligence
HomeSportsवुल्भ्स विजयी सात खेलबाट १३ अंक जोडदै तेस्रो स्थानमा

वुल्भ्स विजयी सात खेलबाट १३ अंक जोडदै तेस्रो स्थानमा

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ। वुल्भ्सले भ्रमण टोली क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।

वुल्भ्सले पहिलो हाफमा नै दुई गोल गरेको हो । उसका लागि १८ औँ मिनेटमा रायन एइत–नूरी र २७ औँ मिनेटमा डानिएल पोडेन्सीले गोल गरी अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ८६ औँ मिनेटमा लुका मिलिभोजेभिक सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्रिष्टल प्यालेस १० खेलाडीमा सीमित भयो ।

जितपछि सात खेलबाट १३ अंक जोडेको वुल्भ्स तेस्रो स्थानमा छ । १० अंकसहित क्रिष्टल प्यालेस नवौँ स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु