Information is intelligence
HomeSportsचोट बोकेका नेयमार केही साता मैदान बाहिर

चोट बोकेका नेयमार केही साता मैदान बाहिर

- Advertisement -spot_img

ब्राजिली स्टार नेयमार पुन केही साता मैदान बाहिर रहने भएका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड कम्तिमा नोभेम्बरको अन्तराष्ट्रिय ब्रेकसम्म मैदान बाहिर रहने भएका हुन् । २८ वर्षिया फरवार्डले च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा चोट बोकेका थिए । गत बुधबार भएको च्याम्पियन्स लिगको खेलमा पीएसजीले इस्लानबुल बासाकेशिरलाई २–० ले हराएको थियो ।

खेलको सुरुवातमै नेयमार चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । ‘ग्रोइन’मा चोट बोकेका नेयमार भने केही हप्ता मैदान बाहिर रहने भएका हुन् ।

‘हामी निराश छौ ।’ प्रशिक्षक थोमस टुचेलले भने, ‘उनलाई एक सानो चोट लागेको छ । उनी अन्तराष्ट्रिय ब्रेकपछि फर्किनेछन् । मलाई लाग्दैन, उनी ब्राजिलका लागि खेल्न सक्नेछन् । हामीसंग जुन जानकारी छ, उनी ब्रेकपछि फर्कनेछन् ।’

अन्तराष्ट्रिय ब्रेक अघि पीएसजीले तीन म्याच खेल्नेछ । लिग वानमा शनिबार पीएसजीले नान्टविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपेजिग र अर्को शनिबार रेनेसविरुद्ध खेल्नेछ ।

ब्राजिलका अन्तराष्ट्रिय फरवार्ड सन् २०१७ मा कीर्तिमानी मुल्यमा पीएसजी आएका थिए । प्रशिक्षक टुचेलले लिग वानको नोभेम्बर २० मा हुने मोनाकाविरुद्धको खेलमा नेयमार फर्कन सक्ने अपेक्षा गरेका छन् ।

‘उनलाई मैदान उतार्न आवश्यक थियो । अब हामीलाई एक समाधानका लागि प्रतिक्षा गर्न आवश्यक छ । यो गम्भिर चोट थिएन । तर उनले असहज महशुश गरिरहेका थिए । उनले केही खेल गुमाउन सक्छन् । तर यस विन्दुमा निश्चित हुन सक्ने अवस्था छैन ।’ टुचेलले भने ।

नेयमारले कोरोना कारण लिग वानको पहिलो खेल गुमाएका थिए । उनले पीएसजीका लागि यस सिजन ६ खेलमा २ गोल गर्नुका साथै ४ गोलको अवसर सिर्जना गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु