Information is intelligence
HomeEntertainment & Artsभिटेनले मागे माफी, संसोधित गीत निकाल्दै

भिटेनले मागे माफी, संसोधित गीत निकाल्दै

- Advertisement -spot_img

काठमाडौँ । र्‍याप जनरका चर्चित र्‍यापर समिर घिसिङको भर्खरै सार्वजनिक ’पारा’ गीतमा प्रयोग गरिएका शब्दहरूलाई लिएर विवाद भएपछि उनले माफी मागेका छन्।

कात्तिक ८ गते भिटेनको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा प्रयोग गरिएका शब्दहरूलाई लिएर उनको आलोचना भएको थियो।

गीत विवादमा परेपछि प्रहरीले भिटेनको उक्त गीतको बारेमा अनुसन्धान सुरु गरेको थियो। त्यस लगतै युट्युबबाट उनको गीत हटाइएको थियो।

आधिकारिक फेसबुक अकाउन्टमा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भिटेनले आपत्तिजनक शब्द हटाएर संशोधित गीत सार्वजनिक गर्ने बताएका छन्। यस्तै, उनले यसअघिको सार्वजनिक भएर युट्युबबाट हटाइएको गीत अनधिकृत रूपमा अन्य च्यानलमा नराख्न समेत आग्रह गरेका छन्।

भिटेनलाई कारबाही गर्न प्रहरीले प्रकृया अघि बढायो
भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलेसाइबर ब्युरोलाई चिठी लेखेको छ। भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोगभएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीयप्रहरी प्रवक्ता एसएसपी कुवेर कडा…
- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु