Information is intelligence
HomeEconomyनेपाल फाइनान्सको १२५% हकप्रद सेयर मंसिर ४ बाट खुल्दै

नेपाल फाइनान्सको १२५% हकप्रद सेयर मंसिर ४ बाट खुल्दै

- Advertisement -spot_img

नेपाल फाइनान्स कम्पनी लिमिटेड (NFS) ले मंसिर ४ गतेबाट चुक्ता पूँजीको १२५ % हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।

फाइनान्सले चुक्ता पूँजीको १२५% अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि फाइनान्सले कात्तिक ६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार कात्तिक ५ गते बुधबारसम्म कायम फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ भने १२५% हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु