Information is intelligence
HomeEconomyसानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

सानिमा बैंक लिमिटेड (SANIMA) को लाभांश सुरक्षित गर्ने सुरक्षित गर्ने आज कात्तिक १६ गते आइतबार यानी आज अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक १७ गते) बुकक्लोज गर्नेछ।

बैंकको १६ औं वार्षिक साधारण सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर र कर सहित ३.६०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ। बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु