Information is intelligence
HomeSportsहैदराबादले बैंगलोरलाई र मुम्बईले दिल्लीलाई पराजित गर्दा प्लेअफ समिकरण अझ रोमाञ्चक

हैदराबादले बैंगलोरलाई र मुम्बईले दिल्लीलाई पराजित गर्दा प्लेअफ समिकरण अझ रोमाञ्चक

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बइ इन्डियन्स र रोयल च्यालेन्जर बंगलोरविरुद्ध सन राइजर हैदरावाद विजयी भयो ।

दिल्लीलाई ९ विकेटले हराउँदै मुम्बई शीर्ष चार स्थानमा सुरक्षित पुगेको छ । दिल्लीले दिएको १ सय ११ रनको झिनो लक्ष्य मुम्बईले १४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो । अन्तिम खेलमा पराजित भएपनि मुम्बई शीर्ष दुईमै रहने छ । आईपिएल क्रिकेटको लिग चरणमा शीर्ष दुईमा रहने टिमले क्वालिफायर खेल्ने छन् । दिल्लीलाई भने अब प्ले– अफमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । तेस्रो स्थानमा रहेको दिल्लीको १३ खेलमा १४ अंक छ ।

अर्को खेलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । खेलमा बैंग्लोरले दिएको १ सय २१ रनको सामान्य लक्ष्य हैदरावादले १४ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । जितसँगै हैदरावादले प्ले अफ्मा छनौट हुने संभावना जिवित राखेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु