Information is intelligence
HomeSportsजोटाको गोलमा लिभरपुल विजयी उक्लियो शीर्ष स्थानमा

जोटाको गोलमा लिभरपुल विजयी उक्लियो शीर्ष स्थानमा

- Advertisement -spot_img

काठमाडौं । जितसँगै ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शनिवार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले तीन अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को जित हात पारेको हो । पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

मोहमद सलाहाले ४२ औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी छदाँ जोटाले लिभरपुलका लागि विजयी गोल गरे ।

लिभरपुलको ७ खेलबाट १६ अंक बटुलेको छ । वेस्ट ह्याम ८ अंक सहित १३ औं स्थानमा रहेको छ ।

एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु