Information is intelligence
HomeSportsबार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जित निकाल्न असफल

बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जित निकाल्न असफल

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आल्भेससंग बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेससंग १–१ गोलको निराशाजनक बराबरी खेलेको हो । बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जित निकाल्न असफल छ ।

तालिकाको १५ औं स्थानको आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए । आल्भेसका मिडफिल्डर जोटा ६२ औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए ।

६३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । तर बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेसमाथि जित निकाल्न भने सकेन ।

च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्ट्सविरुद्ध जित निकालेको बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ ।

बार्सिलोना ८ अंक सहित १२ औं स्थानमा छ । आल्भेस समान अंक जोड्दै १३ औं स्थानमा छ । लिग लिडर रियल मड्रिड १६ अंक सहित शीर्ष स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु