Information is intelligence
HomeSportsइंग्लिस प्रिमियर लिगमा आज ४ खेल

इंग्लिस प्रिमियर लिगमा आज ४ खेल

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई ठुला क्लब म्यानचेस्टर युनाईटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।

युनाईटेडले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । युनाईटेड र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

युनाईटेड ५ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ । आर्सनल हराएर युनाईटेड सिजनको तेस्रो जित निकाल्न चाहन्छ ।

तर, आर्सनलविरुद्ध युनाईटेडका डिफेन्डर एलेक्स टेलस र फरवार्ड एन्थोनी मार्सियलले खेल्ने छैनन् ।

आर्सनल ६ खेलमा ९ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ । आर्सनलका डिफेन्डर डेभिड लुइजले युनाईटेडसँगको खेल गुमाउने छन् ।

लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले न्युकासल युनाईटेडसँग खेल्नेछ । १३ अंक जोडेको एभर्टन जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।

यस्तै टोटेनहमले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ ।

साउथह्याम्पटनले एस्टन भिल्लासँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु