Information is intelligence
HomeSportsआईपीएलमा आज दुई खेल, जित्नैपर्ने दवावमा पञ्जाब, राजस्थान र कोलकाता

आईपीएलमा आज दुई खेल, जित्नैपर्ने दवावमा पञ्जाब, राजस्थान र कोलकाता

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत आज (आइतबार) दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा चेन्‍नई सुपर किङ्सले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाली समय अनुसार आज दिउँसो  ३:४५ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा चेन्नई सुपर किंग्स र किंग्स ११ पञ्जाबको सामना गर्नेछ । आजको खेलमा पन्जाबलाई जित्नैपर्ने दबाब छ । पन्जाबले आजको खेलमा जित निकाल्न सके प्लेअफमा स्थान बनाउने अवसर कायम हुनेछ ।

प्ले अपको दौडबाट बाहिरिसकेको चेन्नई आजको खेलमा आफ्नो प्रतिष्ठा जोगाउने प्रयासमा हुनेछ । हाल उ १३ खेलबाट ५ जित र ८ हारको नतिजा सहित लिगको अन्तिम स्थानमा छ । १२ अंक जोडेको पन्जाब तालिकाको पाँचौं स्थानमा छ ।

आजै हुने अर्को खेलमा कोलकाता नाइड राइडर्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । प्ले अफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दवाव छ ।

हाल  राजस्थान १३ खेलबाट ६ जित र ७ हारको नतिजा सहित लिगको छौटौं स्थानमा रहेको छ भने कोलकाता १३ खेलबाट ६ जित र ७ हारको नतिजा सहित लिगको ७ औं स्थानमा रहको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु