Information is intelligence
HomeEntertainment & Artsओलीबाको अन्तर्वाता

ओलीबाको अन्तर्वाता

- Advertisement -spot_img

पत्रकार: नमस्कार ! आराम हुनुहुन्छ ?
ओलीबा: हजुर, कुप्रालाई उठी सुख न बसी सुख ! प्रचण्ड र माकुनेले हैरान पारेका छन् ।

पत्रकार: दशै कस्तो रह्याे ?
ओलीबा: कस्ताे हुनु? टिका लगाइयाे । सेल खाइयाे ।

पत्रकार: अनि, घरमै बसेर टिका लगाउनु भनेर आफैले निर्देश गर्ने अनि आँफै राष्ट्रपतिकाेमा जाने ?
ओलीबा: के भनाैँ ? दिल है के मानता नहीँ !!

पत्रकार: राष्ट्रपतिलाई कति दक्षिणा दिनुभयाे त टीका लगाए पछि ?
ओलीबा: त्यत्राे राष्ट्रपति पद, डेढ अरबकाे हेलिकप्टर, कराेडकाे कार्पेट त दिएँ, जाबाे खाममा दिएकाे दक्षिणाकाे के हिसाब ?

पत्रकार: दशैँकाे केही दिन अघि भारतीय गुप्तचर प्रमुख सामन्त कुमार आएका थिए नि, के थियाे स्पेशल ?
ओलीबा: के हुनु ? दशैँमा मुस्ताङकाे च्याङ्ग्राे खान आएका रहेछन् । मजाले फापरकाे ढिँडाे र च्याङ्ग्राेकाे मासु खाए । ढाेकामा टाँस्नु भनेर च्याङ्ग्राेकाे सिङ लैजान्छु भने, लिए गए ।

पत्रकार: के विषयमा कुरा भयाे त ? विशेष विमानमा आएका थिए ।
ओलीबा: कालापानीकाे कुरा गर्न आएका रहेछन्, च्याङ्ग्राकाे भुटुवा र कालाे पानी (ब्ल्याक लेबल) खुवाएर पठाइदिएँ ।

पत्रकार: ठीक छ एकछिन, पाटीभित्र जाँउ । माधव नेपालकाे प्रस्ताव केहाे ?
ओलीबा: उनकाे कुराे नगराैँ ! काम के न काज के । दुश्मन अनाज के ।

पत्रकार: अनि, प्रचण्डकाे विमति केमा हाे ?
ओलीबा: पकाउने जिम्मा मेराे हातमा सुम्पेपछि, डाडु पनियाे चाट्न पाइन भनेर रिसाउँछन्, के गर्नु ?

पत्रकार: के खाेज्नुभएकाे रहेछ त प्रचण्डले ?
ओलीबा: हेर्नुस्, करेसाकाे भूतले सात पुस्ता पिर्ने रहेछ । मन्छाउँछु, एकछिन शान्त । फेरी उस्तै । गाह्रो छ नि ।

पत्रकार: के गाह्रो छ ?
ओलीबा: देश चलाउन गाह्रो छ नि, घरमा बसेर फेसबुक चलाएकाे जस्ताे छैन नि

पत्रकार: अनि, भाेलि पाटीकाे कार्यदिशा के रहला ?
ओलीबा: हेर्नुस्, भविष्य र आफ्नाे पुठाे कसैले देखेकाे छैन, त्याे विषयमा केही नबाेलाैँ ।

पत्रकार: प्रचण्ड कहिले मिलियाे भन्छन्, कहिले फाटाे छ भन्छन्, खास भएको के हाे ?
ओलीबा: यिनी श्रीमतीजस्ता हुन्, उत्तिखेरै मिल्छन् । उत्तिखेरै रिसाउँछन् । यस्तै ताल छ ।

पत्रकार: गुटबन्दी चर्काे भयाे, तपाईंको पक्षमा कत्तिको छ बहुमत ?
ओलीबा: भालुकाे मलद्वारमा राैँकाे के कमी ? जति चाहिए पनि छ बहुमत । सरकार मजाले चल्छ, ढुक्क हुनुस्।

चिरन्जिवी ढकालका अन्य रचना पढ्नुहोस्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु