Information is intelligence
HomeEconomyसानिमा जनरल इन्स्योरेन्सको कारोबार यहि साता भित्र खुल्ने, को भयो रजिस्ट्रार ?

सानिमा जनरल इन्स्योरेन्सको कारोबार यहि साता भित्र खुल्ने, को भयो रजिस्ट्रार ?

- Advertisement -spot_img

सानिमा जनरल इन्स्योरेन्सको शेयर सूचीकरण अन्तिम चरणमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले इन्स्योरेन्सको शेयर सूचीकरण अन्तिम चरणमा पुगेको जनाएको हो ।

सूचीकरण शाखाका अनुसार इन्स्योरेन्सको शेयर केहि दिनमै सूचीकृत भएर यहि साता देखिनै कारोबारमा आउनेछ ।

इन्स्योरेन्सको शेयर शेयरधनीहरुको डिम्याट खातामा समेत आइसकेको छ । कम्पनीको शेयर जीआइसीको नामबाट शेयरधनीहरुको खातामा आएको हो ।

सानिमा जनरल इन्सुरेन्सको सेयर रजिष्ट्रार

सानिमा जनरल इन्सुरेन्सको सेयर रजिष्ट्रारको काम सानिमा क्यापिटल मार्फत हुने भएको छ । अब सानिमा जनरलको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सानिमा क्यापिटलले गर्नेछ । कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँड भई लगानीकर्ताको डिम्याट खातामा आईसकेको छ ।

अब नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्नेछन् । कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु