Information is intelligence
HomePoliticsनेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट : महासचिव पौडेल

नेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट : महासचिव पौडेल

- Advertisement -spot_img

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै नेतृत्वबीच असमझदारी बढ्दै गएको र यसले पार्टी एकतालाई गम्भीर संकटको मोड ल्याएको बताएका छन् । महासचिव पौडेलले लेखेका छन्, ‘यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’

उनले पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेकोसमेत औँल्याएका छन् । उनले लेखेका छन्, ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी थियो । तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

उनले थप लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु ।’

उनले जुन उद्देश्यसहित तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकता भएकाे थियाे सोबमोजिम अघि बढ्न नसकेर गम्भीर मोडमा आइपुगेको जनाएका छन् ।

नेकपामा अहिले दुई अध्यक्षबीच संवादहीनताको अवस्था चलिरहेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी हुन सकेको छैन भने उनीहरूबीच बोलचाल गराउन दोस्रो तहका नेताहरूको सक्रियता बढेको देखिएको छ ।

उनले यसलाई ट्वीटरमा पनि दाेहाेर्‍याएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु