Information is intelligence
HomeEconomy४ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब नजिक

४ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब नजिक

- Advertisement -spot_img

सेयर बजारको परिसूचक नेप्से ४. ७२ अंकले घटेको छ। आइतबारको कारोबारपछि नेप्से १ हजार ६४० अंकमा कायम भएको छ।

यस दिन कारोबार रकम भने उच्च छ। २ अर्ब ९३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ १४, होटल १५, विकास बैंक ६, फाइनान्स २, उत्पादन १५ र जीवन बीमा समूह ७ अंकले घटेका छन्।

ब्यापार २४, जलविद्युत १९, निर्जीवन बीमा १०, अन्य ५ र माइक्रोफाइनान्स २९ अंकले बढेका छन्।

आइतबार सबैभन्दा धेरै शेयर कारोबार शिवश्री हाइड्रोपावरको २३ करोड २७ लाख रुपैयाँ बराबरको  भएको छ भने अपि पावरको १६ करोड ८७ लाख, प्राइम कमर्शियल बैंकको १५ करोड ६८ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १२ करोड २४ लाख, एनआइसी एशिया बैंकको १० करोड ७७ लाख रुपैयाँ र सानिमा बैंकको १ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु