Information is intelligence
HomeEconomyट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने

ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने

- Advertisement -spot_img

काठमाडौं | ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने  व्यवस्था लागू गर्न लागेको छ ।

अबको १ महिनामा मादक पदार्थ सेवन (मापसे) तथा अन्य कारवाहीमा परेका सवारी साधन चालकलाई बैंकसम्म पुगेर राजस्व बुझाउनु पर्ने झण्झटबाट मुक्त गर्न सो व्यवस्था लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

‘अब कारवाहीमा परेका सवारी साधन चालकले राजस्व बुझाउनका लागि बैंकसम्म लाइन बस्न जानु पर्दैन,’ उनले भने ‘ अब छिट्टै नै हामी आम ग्राहकले तिरेको राजस्व नेपाल सरकारको राजस्व खातामा सिधै जम्मा हुने व्यवस्था गर्दैछौं ।’ ढिलोमा १ महिनाभित्र हामी विद्युतीय प्रणालीमार्फत  सरकारको खातामा राजस्व दाखिला हुने व्यवस्था मिलाउँदै छौं ।’

अनलाइन कारोबारबाट भएको रकम कार्यालयको खातामा जम्मा भएपछि नेपाल सरकारको खातामा जाने गर्छ भने नयाँ व्यवस्था लागू भएपछि राजस्व सिधै नेपाल सरकारको खातामा जम्मा हुन्छ ।

हाल कोभिडको बेलामा पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक दुईदेखि ३ लाख रुपैयाँसम्म राजस्व उठाउने गरेको छ । कोभिड अगाडी दैनिक ७ देखि ८ लाखसम्म राजस्व संकलन हुने गरेको प्रवक्ता यादवले बताए । वर्षमा हामीले २० देखि २५ करोडसम्म राजस्व उठाउने गरेका छौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु