Information is intelligence
HomePoliticsप्रचण्डको ब्रिफिङ- ओलीले अब अलग–अलग जाऔं भन्नुभयो

प्रचण्डको ब्रिफिङ- ओलीले अब अलग–अलग जाऔं भन्नुभयो

- Advertisement -spot_img

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका छन् ।

आइतबार बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो ।

दुवै पक्ष अब कसरी अघि बढ्ने भन्ने रणनीतिमा जुटेका छन् । दाहाल समूहमा वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उभिएका छन् । यसअघि गौतम र थापा ओली पक्षमा उभिएका थिए । तर, पछिल्लो समय ओलीले पार्टीका निर्णयलाई लत्याएर एकलौटी गरेको भन्दै गौतम र थापा पनि ओलीसँग असन्तुष्ट बनेर दाहाल क्याम्पमा आएको स्रोतको दाबी छ ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मनशाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको एक सदस्यले बताए । “प्रधानमन्त्रीले हिजोदेखि अब अलगअलग जाने हो भन्न थाल्नुभएछ,” उनले  भने, “हिजो दुई अध्यक्षको भेटमा पनि भन्नुभएछ । आज बिहान टेलिफोनमा पनि त्यही भन्नुभएछ ।”

हिजो अपरान्ह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले करिब एक घण्टा एक्लाएक्लै भेट गरेका थिए । अध्यक्षद्धयबीचको भेटवार्ता सन्तोषजनक नभएको नेताहरुले संकेत गरेका थिए ।

बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनुहुँदैन भनेर जोड दिएको ती नेताको भनाइ छ । पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्ने धारणा राखेको सचिवालय सदस्य बताउँछन् । “पार्टीका निर्णय कार्यान्वयन गरेर जानुपर्छ । सरकार र पार्टीलाई विचार, विधि र नीतिकै आधारमा चलाउनुपर्छ । पार्टी कमिटीले गरेको निर्णय सबैले मान्नुपर्छ । यो दुईवर्ष जनमुखी काम गर्ने, सामाजिक, आर्थिक रूपान्तरणको काम गर्ने र यही बीचमा महाधिवेशनको तयारीमा पनि लाग्ने भन्ने नै निष्कर्ष हो,” सचिवालय सदस्य भन्छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु