Information is intelligence
HomeEducationसामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

- Advertisement -spot_img

काठमाडौं | सङ्खुवासभा र भोजपुरका सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ । वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २० थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

कम्प्युटर वितरण गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए । यस कार्यक्रमले साधन र स्रोत कम भएका विद्यालयलाई गरेको सहयोग महत्वपूर्ण भएको उनको भनाइ थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुर्गम भेगका साधन र स्रोत कम भएका विद्यालयहरुले पेस गरेको प्रस्तावनाका आधारमा छनोट गरी कम्प्युटर उपलब्ध गराएको बैंकको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले बताए ।

यसैगरी गाउँपालिकाको एक मावि र चार आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । खाँदबारी नगरपालिका–६ को एक विद्यालयलाई पनि कम्प्युटर प्रदान गरिएको छ । एक विद्यालयले कम्तीमा दुई र बढीमा चारवटा कम्प्युटर पाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु