Information is intelligence
HomePoliticsस्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भइहाल्छ- गोकुल बास्कोटा

स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भइहाल्छ- गोकुल बास्कोटा

- Advertisement -spot_img

काठमाडौं | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले पार्टी एकता लेनदेनमा अडेको बताएका छन् । उनले अर्को सम्झौतापछि विवाद समाधान हुने टिप्पणी गरे ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले लेनदेन र स्वार्थमा पार्टी एकता अडेको बताएका हुन् ।

‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको संकट उत्पन्न भएको भए पो संकट मान्नु । लेनदेनको व्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भैहाल्छ नि, बेकारको हल्ला,’ बास्कोटाले लेखेका छन् ।

राजदूत नियुक्ति, मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसहित लाई लिएर नेकपा विवाद पार्टी विभाजनको सँघारसम्म पुगिसकेको छ।

आइतवार दिउसो नेकपा महासचिव विष्णु पौडेलले अर्को सन्देश लेख्दै नेकपा एकता अप्ठेरो अवस्थामा पुगेको बताएका थिए । महासचिव पौडेलले पार्टी एकता संकटमा परेको लेखेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको विश्लेषण भइरहेको छ।

आइतवार नै खुमलटारमा भएको नेकपा सचिवालयका ६ नेताको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अलग अलग जान प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु