Information is intelligence
HomeInternationalअमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान

अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान

- Advertisement -spot_img

अन्तरिक्षयात्री केट रुबिन्सले अन्तरिक्षबाटै अमेरिकी राष्ट्रपतिको लागि मतदान गरेकी छन्।

नोभेम्बर ३ मा अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुँदैछ। तर, अर्ली मतदानअनुसार त्यहाँ केही मतदाताले भने मतदान गरिरसकेका छन्। यस्तै अर्ली मतदान गर्ने अन्तरिक्षमा रहेकी केट रुबिन्सले अन्तरिक्षबाट मतदान गरेकी हुन्। पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले २३ अक्टूबरमा मतदान गरेको अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले जनाइको छ। उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेको नासाले जनाएको छ ।

रुबिन्सले अन्तरिक्षबाट मतदान गरेको यो दोस्रो पटक हो। यसअघि उनले सन् २०१६ मा पनि अन्तरिक्षबाटै मतदान गरेकी थिइन् । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन्।

रुबिन्ससहित अन्य दुई जना रुसी अन्तरिक्षयात्री ६ महिनाका लागि आईएसएसमा अनुसन्धानका लागि बसिरहेका सिएनएनले जनाएको छ। अक्टोबरमा त्यहाँ पुगेका उनीहरुले ‘भविष्यका क्वान्टम सेन्सरका लागि लेजर कुल्ड एटम्स’ र कार्डियो भास्कुलरसम्बन्धी अनुसन्धान गरिरहेका नासाले जनाएको छ।

अमेरिकाको टेक्सास राज्यले सन् १९९७ देखि अन्तरिक्षबाट पनि मत खासल्न पाइने सुविधाको व्यवस्था गरेको छ ।

नोभेम्बर ३ मा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन्। ट्रम्पसँग डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडनले प्रतिस्पर्धा गर्दैछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु