Information is intelligence
HomeSportsबेलको निर्णायक गोलमा टोटनहमको जित

बेलको निर्णायक गोलमा टोटनहमको जित

- Advertisement -spot_img

ग्यारेथ बेलको निर्णायक गोलमा टोटनहम विजयी भएको छ। इंग्लिस प्रिमियर लिगको आइतबार राति भएको खेलमा बेलको निर्णायक गोलले टोटनहम ब्राइटनमाथि २-१ गोलले विजयी भएको हो।

टोटनह्यामको जितमा ह्यारी केन र बेलले गोल गरे भने ब्राइटनका तारिक लाम्पार्टीले गोल गरेका थिए । १३औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटह्यामलाई अग्रता दिलाए । एडम लालनाले डिबक्सभित्र केनलाई फल गरेपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले एक-एक गोल गरेका थिए। खेलको ५६औं मिनेटमा टरिक्यु लाम्पटीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। उनले ग्राबोको पासमा गोल गर्दै खेल ११ को बरारबीमा ल्याएका थिए। तर, दोस्रो हाफमा मैदान छिरेका बेलले निर्णायक गोल गरेका थिए।

जितसँगै टोटनहम सात खेलबाट १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको ब्राइटन भने पाँच अंक जोड्दै १६औं स्थानमा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु