Information is intelligence
HomeNewsगोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने

गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने

- Advertisement -spot_img

गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पुर्याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमको क्षमता वृद्धिका लागि विकास पत्रकारिता तालीम सञ्चालन गर्ने योजना बनाएको नगरपालिकाले एकीकृत नगर सूचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडि सारेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु