Information is intelligence
HomeSportsप्लेअफमा स्थान पक्का गर्न जित्नै पर्ने दवाबमा दिल्ली र बैंगलोर

प्लेअफमा स्थान पक्का गर्न जित्नै पर्ने दवाबमा दिल्ली र बैंगलोर

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार (आज) हुने खेलमा दिल्ली क्यापिट्ल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले प्रतिस्पर्धा गर्नेछन् ।

खेल नेपाली समयअनुसार राति ७:४५ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ । यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । समूह चरणको आफ्नो अन्तिम खेल खेल्न लागेका यी दुईबीचको विजेताले दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर  खेल्नेछ भने पराजय बेहोर्ने टिमले प्ले अफमा स्थान बनाउन अन्य टिमको प्रदर्शनमा भर पर्नु पर्नेछ ।

लिगमा १३ खेल खेलेको बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु