Information is intelligence
HomePoliticsजनप्रतिनिधि हुनु त यस्तो पो !

जनप्रतिनिधि हुनु त यस्तो पो !

- Advertisement -spot_img

बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन छन् । उनले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुविधा लिएका छैनन् । ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न लगानी गरेका छन् । उनी तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित भएका थिए । उनले भने, “गाउँ गाउँमा सिंहदरवारको राष्ट्रिय नारालाई सार्थक पार्न र विपन्न जनताको जीवनस्तर माथि उकास्न कुनै सरकारी सेवा सुविधा उपभोग नगरी तल्लीन भएको हुँ । ”

नगर प्रमुखले हालसम्म सरकारी रकमबाट एक कप चिया पनि नखानु भएको प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेलले जानकारी दिए । “नगर प्रमुख चिया खान आफ्नो निजी निवास तथा होटल जान्छन । नगरप्रमुखले अहिलेसम्म नगरको रकमबाट व्यक्तिगत प्रयोजनका लागि एक रुपैँया पनि खर्च गरेका छैनन् ।” उनले भने । नगर प्रमुख थापाले निर्वाचनको समयमा जनतासित मत माग्दा जनाउनु भएको प्रतिवद्धता अनुरुप सरकारी सेवा सुविधा उपभोग नगरेको नगर उप प्रमुख लिलाकुमारी मोक्तानले बताए ।

नगर प्रमुखले नगरमा आएको बजेटमा अनियमितता नहोस् भन्नका लागि वडा अध्यक्षलाई बजेट विनियोजन गरेको छैनन् । उनले योजना लिएर आउने, योजना पास गराउने र काम सकेर बजेट लैजाने भन्दै सबै वडा अध्यक्षलाई बताएको वडा नं २ का वडाध्यक्ष दीपक लामाले जानकारी दिए । नगर प्रमुख नगरपालिकाको कामले बाहिर जानु पर्दा समेत आफ्नो निजी खर्च गर्ने गरेको नगरपालिकाले जनाएको छ । नगर भित्रका विपन्न नागरिकलाई नगरप्रमुख थापाले निजी खर्चमा उपचार तथा खाद्यन्न सहयोग समेत गर्दै आएका छन् ।

नगरपालिका भित्र ११ वडा रहेका छन् । वडा नं ४ का हरिकृष्ण घिमिरे र वडा नं ५ का सुविर लामाले नगरप्रमुख थापाको मानवीय सेवा उत्कृष्ट रहेको बताए । करिव १ सय २० विघामा नगर बगैँचा,करिब २ सय विघामा पोखरी, उद्यान लगायतका योजना नगरपालिकाले सार्वजानिक गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्ने नियम बनाइएको छ ।-रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु