Information is intelligence
HomeEntertainment & Artsबलिउडका 'किङ खान' शाहरुखबारे केही रोचक जानकारी

बलिउडका ‘किङ खान’ शाहरुखबारे केही रोचक जानकारी

- Advertisement -spot_img

बलिउडमा ‘किङ खान’ तथा ‘बादशाह’ जस्ता उपनामले परिचित अभिनेता शाहरुख खान आजबाट ५५ वर्षमा प्रवेश गरेका छन् । १९६५ नोभेम्बर २ तारिखमा दिल्लीमा जन्मिएका उनी चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका थिए ।

आफ्नो करिअरको सुरुआत टेलिभिजनबाट गरेका शाहरूख बलिउडमा प्रवेश गरेको तीन दशकभन्दा बढी भयो । उनले टिभी सिरियल ‘फौजी’ मार्फत करिअरको सुरुआत गरेका थिए ।

उनले अभिनय गरेका चलचित्रहरु ‘दिवान, डर, कुछ कुछ होता हे, बाजिगर, दिलवाले दुल्हनिया ले जायंगे, मोहब्बते, चल्ते चल्ते, माइ नेम इज खान, ओम शान्ति ओम, रब ने बनादी जोडी, रा वन, डन, चेन्नाई एक्सप्रेस, दिलवाले लगायत चर्चामा रहे।

सामान्य परिवारमा जन्मिएका उनी विश्वको दोस्रो धनी कलाकारको सूचीमा छन्। उनको जन्मदिनको अवसरमा उनका फ्यानहरुले घर अगाडि सेलिब्रेसन गर्न थालेका छन्। विगतका वर्षझै यो वर्ष पनि उनका फ्यानहरू बर्थडे सेलिब्रेसन गर्न आएका हुन्। कोरोना महामारीका कारण उनले यसपटक घर अगाडि आएर बर्थ डे सेलिब्रेसन नगर्न आग्रह गरेका छन्।

शाहरुखबारे केही रोचक जानकारीः

  • उनी सानैदेखि अभियनमा रुची राख्थ्ये। धेरै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका थिए। पछि उनले एक एकेडेमीबाट अभिनय सिकेका थिए।
  • सानो छँदा अभिनेत्री अमृता सिंहसँग उनको दोस्ती थियो। जो पछि मुम्बई गएर चलचित्रमा काम गर्न थालिन्।
  • शाहरुखले दिल्लीको हंसराज कलेजबाट ब्याचलर डिग्री लिएपछि जामिया मिलिया विश्वविद्यालयबाट मास्टर्सको पढाइ सुरु गरे। तर, पढाइ पूरा गर्नुभन्दा पहिले नै अभिनय क्षेत्रमा प्रवेश गरे।
  • मुम्बई गएपछि उनले टेलिभिजनमा सर्कस तथा फौजी जस्ता धारावाहिक कार्यक्रममा काम गर्न थाले। उनले चलचित्र क्षेत्रमा दीवानाबाट इन्ट्री मारेका थिए। त्यो भन्दा पहिला उनले दिल आशना हैं को छायांकन गरेका थिए। चलचित्रका अलावा उनी टिभीमा सक्रिय रहे।
  • कुनै पनि चलचित्रका लागि करोडौं रुपैयाँ पारिश्रमिक लिन्छन्। उनले आफ्नै निजी विमानसमेत राखेका छन्। चलचित्रका अलावा उनका थुप्रै निजी व्यवसाय पनि छ। उनको मुम्बईसँगै यूके, दुबई लगायत विभिन्न देशहरूमा प्रोपर्टी जोडेका छन्। उनको सबैभन्दा महँगो प्रोपर्टी मुम्बईमा रहेको मन्नत हो।
  • कुनै समयमा पारसी परिवारको स्वामित्वमा रहेको ‘मन्नत’ प्रोपर्टी शाहरुखले १३.२ करोड भारुमा किनेका थिए। अहिले उक्त प्रोपर्टीको मूल्य २०० करोडभन्दा बढी छ।
  • शाहरुखले ६ वर्षको सम्बन्धपछि गौरी छिब्बर (गौरी खान) सँग २५ अक्टोबर १९९१ मा विवाह गरेका थिए। उनीहरूका तीन बच्चा आर्यन, सुहाना र अबराम छन्।

आमालाई भेट्न आईसीयूमा जान नमानेपछिः

शाहरुखकी आमा बिरामी थिइन्। उनको बत्रा अस्पतालमा उपचार भइरहेको थियो। तर, उनी भने पार्किङस्थलमै बसेर भगवानसँग प्रार्थना गरिरहेका थिए। उनलाई कसैले भनेको थियो कि, प्रार्थना गरेको खण्डमा आमालाई केही पनि हुँदैन।

उनलाई सय पटक नवाज पढ्न भनिएको थियो। तर, उनले सयभन्दा पनि धेरै पटक नवाज पढिसकेका थिए। त्यही बेला डाक्टर आएर उनलाई आमालाई अन्तिम पटक मुख हेर्न भनेका थिए।

उनी आईसीयूमा जान चाइरहेका थिएनन्। किनकि, जति पटक प्रार्थना गर्‍यो आमाको आयू लामो हुँदै जान्छ भन्ने थियो। तर, उनलाई आमाको अन्तिमपटक मुख हेर्न जानु नै पर्ने थियो। र, उनले आमाको मुख हेरेको केही समयमै आमाको निधन भयो।एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु