Information is intelligence
HomeScience & Technologyखल्तीमा आईसीएफसी फाइनान्सबाट अब सोझै पैसा लोड गर्न सकिने

खल्तीमा आईसीएफसी फाइनान्सबाट अब सोझै पैसा लोड गर्न सकिने

- Advertisement -spot_img

काठमाडौं | अब आईसीएफसी फाइनान्स लिमिटेडबाट पनि खल्तीमा पैसा लोड गर्न सकिने भएको छ । आईसीएफसीले आफ्ना इन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्ने उद्देश्यका साथ खल्तीसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार आईसीएफसी फाइनान्सका ग्राहकले फाइनान्सको खाता सिधै खल्तीसँग लिंक गराउन सक्नेछन् ।

खातामा रहेको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।भर्चुअल मेसिन अपरेटिङ प्रणालीबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सकिने उल्लेख गरिएको छ ।

आईसीएफसी फाइनान्सका ग्राहकले बैंक वाइन्डिंग, ई-बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउट जस्ता विभिन्न माध्यममार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु