Information is intelligence
HomeLoksewaउपसचिवको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश जारी

उपसचिवको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश जारी

- Advertisement -spot_img

काठमाडौँ । सर्वोच्च अदालतले उपसचिवको विज्ञापन स्थगित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल र नारायण पराजुलीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

उपसचिवका लागि रिक्त सबै पदमा विज्ञापन माग नगरी लुकाएको भन्दै बढुवाको मुखमा पुगेका शाखा अधिकृतहरूले मुद्दा दायर गरेका थिए ।

सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा दायर गरेको मुद्दामा पनि यसअघि नै अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु