Information is intelligence
HomeNews२४ घण्टामा देशभर २ हजार ९३३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा एक...

२४ घण्टामा देशभर २ हजार ९३३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा एक हजार ६ सय ३०

- Advertisement -spot_img

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।

आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।

काठमाडौं उपत्यका थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये ७ सय २ जना महिला छन् भने बाँकी ९ सय २८ जना पुरूष हुन्।

काठमाडौंमा ६४ हजार ५ सय ४६ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४८ हजार १ सय ८५ जना निको भइसकेका छन् भने २४३ जनाको मृत्यु भएको छ। यस्तै, १६ हजार १ सय १८ जना संक्रिय संक्रमित छन्।

यसैगरी, भक्तपुरमा ५ हजार ९ सय ३ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४८०३ जना निको भइसकेका छन् भने ६७ जनाको मृत्यु भएको छ।  संक्रिय संक्रमित १०३३ जना छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु